ताजा समाचार

घारिलो हतियार प्रयोगबाट अज्ञात समूहद्वारा आमाछोरी गम्भीर घाइते, सांसद रोकाको पहलमा हेलिकप्टरबाट उद्धार

रुकुम पूर्व । यार्सागुम्बा संकलनका लागि रुकुम पूर्वको मैकोटमा गएका आमाछोरीमाथि अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाइएपछि उद्धारका लागि हेलिकप्टर मार्फत टिचिङ अस्पतालमा ल्याइएको छ ।

रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य कमला रोका र पूर्वआपूर्तिमन्त्री गणेशमान पुनको विशेष पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मैकोट पुगेको थियो । यसका साथै, यार्सा संकलनको क्रममा भीरबाट लडेर घाइते भएका रोल्पा थवाङका चिन्तन विकलाई समेत हेलिकप्टटरबाट उद्धार गरेर काठमाडाैं ल्याइएको हो । 

मैकोटमा यार्सा संकलन गरेर घर फर्कदै गरेका आमाछोरी ३८ वर्ष की जुनकुमारी पुन र १४ वर्ष की रश्मी पुनमाथि अज्ञात समूहद्वारा यार्सा संकलन गरेर कमाएको पैसासहित उनीहरुले लगाएको गरगहना समेत लुटेर धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते बनाइएको सांसद रोकाले जनाएकी छन् ।

सांसद रोका र पूर्वमन्त्री पुनको पहलमा उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडाैंमा ल्याएको हो । गम्भीर घाइते बनेका आमाछोरीलाई स्थानिय स्तरमा सामान्य आैषधि उपचार गरिएपनि थप उपचार संभव नभएपछि उनीहरुको उद्धार गर्नु परेको पूर्वमन्त्री पुनले जनाएका छन् । 

गम्भीर घाइते आमाछोरीमाथि हिजो साझ साढे ७ बजे तिर धारिलो हतियारको प्रयोगबाट लुटपाट गरिएको जनाइएको छ । 

यस्तै, रोल्पा थवाङका ५८ वर्षीया चिन्तन विक समेत यार्ससा संकलनको क्रममा मैकोटको पुर्वाङमा भिरबाट लडेर गम्भीर 
घाइते बनेका थिए । 

सांसद रोका र पूर्वमन्त्री पुन रुकुम पूर्वका नेता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय कमिटि सदस्य समेत हुन् । 

तर, स्थानिय प्रहरीले गम्भीर घाइते बनेका तीन जनाको उपचार या अन्य आपतकालिन उद्धारका लागि पन्छिन खोजेको आरोप स्थानियले लगाएका छन् । प्रहरीले विपद् व्यवस्थापनको बारेमा प्रहरीले केहि गर्न नसक्ने र कार्यक्षेत्र नै नपर्ने भन्दै प्रहरीले चासो नदेखाएपछि समस्या परेको जनाइएको छ । 

गम्भीर घाइते तीन जनाको उद्धारमा गृहमन्त्रालयको सहकार्यमा उद्धार हुन लागेको सांसद रोकाले जनाइन् ।  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org