ताजा समाचार

लोकसेवाको विज्ञापनः एक मिनेटमै सय जनाको आवेदन !

काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खुलाएपछि अन्तिम समयमा अनलाईइन फारम भर्नेको संख्या ह्वात्तै बढेको छ ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएपछि फारम भर्नेको संख्यामा कमी आएपनि फारम भर्ने मिति अन्तिम हुनै लाग्दा भने प्रति एक मिनेटमा एकसय जनासम्मले फारम भरेको लोकसेवा आयोगले जनाएको छ ।

विज्ञापन विवादीत बनेपछि लोकसेवा आयोगको फारम भर्नेको संख्यामा कमी आएपनि अहिले आयोगको सर्भरमा चाप देखिएको छ । तर, ठूलो संख्यामा लिकसेवाले विज्ञापन खुलाएपनि फारम भर्नेको संख्या भने कमै रहेको जनाइएको छ । यो पटक झण्डै तीन लाखले फारम भर्ने अनुमान गरिएको लोकसेवा आयोगका सुचना अधिकारी देवीप्रसाद सुवेदीले जनाएका छन् ।

विगत तीन दिनदेखि आयोगको सर्भरमा समेत समस्या आउने गरेको छ । भने, आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरु गरेको हो ।

मङ्गबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिने छ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।

उनका अनुसार अनुसार एक लाख ६२ हजार ३३३ आवेदन फाराम भरेका छन् । जसमध्ये महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेशी १० हजार १४, दलित एक हजार २३०, अपाङ्ग ७३ र पिछडिएको ५० जना रहेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org