ताजा समाचार

प्रधानमन्त्रीको बिशेष सम्बोधनमा कांग्रेसको अवरोधपछि भोलीसम्मका लागि बैठक स्थगित, ओली ट्वाल्ल !

काठमाडाैं । प्रतिनिधि सभामा विषेश सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोल्न नदिएर अवरोध गरेको छ ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न दिन आग्रह गरेपनि नेपालि कांग्रेसले संसद अवरोध गरेपछि प्रधानमन्त्री ओली हेरेहो हेरेइ बन्न पुगेका छन् ।

सम्बोधन गर्न रोस्टममा पुगेका प्रधानमन्त्री ओली माैन रहेर कांग्रेसको अवरोध हेरेर उभिएका छन् । कांग्रेस सांसदहरुले भने ‘शान्ति सुरक्षा कायम गर’, ‘संसदीय व्यवस्था कायम गर’ लगायतका नारा लगाएर संसद अवरोध कायम गरेका हुन् ।

कांग्रेसको अवरोध कायम रहेपछि सभामुख महराले असार ४ गतेसम्मका लागि संसदको बैठक स्थगित गरेका छन् । आजको संसद बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित भएका थिए ।

यद्यपी सभामुख महराले प्रधानमन्त्रीको कुरा सुनेपछि विपक्षी दलको संसदीय नेतालाई बोल्न समय दिने भन्दै संसद चल्न दिन आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org