ताजा समाचार

कर्णाली नदीमा जीप खस्दा गाउँपालिका उपाध्यक्षसहित १६ जना वेपत्ता

काठमाडाै । कर्णाली नदीमा जीप खस्दा गाउँपालिका अध्यक्षसहित १६ जना वेपत्ता भएका छन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शिन्दु हमालसहित १६ जना वेपत्ता भएका हुन् ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने कैलेबालु भन्ने ठाउँमा जाँदै गरेको जीप बेणुबिसाैना मंगलबार दिउसो १ बजे गाडी गुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक रविन थापाले जानकारी दिए ।

अहिले जीप खसेको स्थान तर्फ नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगिसकेको छ । भने हुम्लाको सिमिकोटबाट फिस्टेल एयरको हेलिकप्टर घटनास्थल पुगिसकेको थापाले वताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org