ताजा समाचार

सर्लाही इन्चार्ज पाैडेल हत्याको बदला एकीकृत जनक्रान्तिले लिनेछः अरुण

काठमाडाैं । सर्लाहीमा भएको भनिएको प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीचको भीडन्तमा मारिएका कुमार पाैडेललाई राज्यले गैरन्यायीक हत्या गरेको भन्दै उक्त पार्टीले हत्याको बदला लिने वताएको छ ।

जनकपुर ब्युरो इन्चार्ज अरुणले एक विज्ञप्ति जारी गर्दै सर्लाहीको लखन्ति खोलामा बाटोमा साथी कुरिरहेको अवस्थामा प्रहरीले पाैडेललाई एक गोली हात र टाउकोमा प्रहार गरेर हत्या गरेको दावी गरेका छन् ।

मृतक पाैडेलमाथि श्रद्धाञ्जली भन्दै निकालिएको विज्ञप्तिमा हत्याको बदला एकिकृत जनकक्रान्तिको माध्यमबाट लिएरै छाड्ने भनिएको छ ।

तर, यता प्रहरीले भने दोहोरो मुठभेडमा पाैडेल मारिएको दावी गर्दै आएको छ । उनीबाट पेस्तोल र गोली समेत बरामद भएको जनाउदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org