ताजा समाचार

विचारको अस्पठतामा कम्युनिष्ट सरकारले पञ्चायतकालीन आयातमुखी बजेट ल्यायोः डा. बाबुराम भट्टराई

काठमाडाैं । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पञ्चायतकालीन अर्थतन्त्र अंगाल्दा नेपालमा विकास हुन नसकेको दावी गरेका छन् ।

अर्थमन्त्री युवराज खतिवडालाई विचराको संज्ञा दिएका डा. भट्टराईले आयातकालीन अर्थतन्त्रमा निरन्तरता दिएको भन्दै गुनासो गरेका छन् । न्यून आधारमा प्रतिशत अंक मात्रै नभएको भन्दै १ रुपैयामा १ रुपैया थपिनु कुनै उपलब्धी मान्न नसकिने जनाए ।

प्रतिनिधिसभा बैठकमा सहभागीता जनाउदै डा. भट्टराईले सन्तुष्ठ हुने खालको बजेट नआएको दावी गरेका छन् । बजेट निर्माणमा विचारको अस्पष्ठताका कारण सन्तोषजनक बजेट नआएको उनको जिकिर छ ।

कम्युनिष्ट पार्टी नाम राखेका साथिहरुले भनेको समाजवाद उन्मुख बजेट कुनै किसिमले नमिल्ने भन्दै समाजवाद भनेको उत्पादन वितरण नभएर बृद्धि गर्नु मुख्य कुरा हो । डा. भट्टराईले भने ।

राज्य सत्ता र आसेपासेलाई मात्रै सफल बनाउने खालको काठे पुजिवाद नेपालमा भएको भन्दै यस्तो कुरालाई अन्त्य गर्न उत्पादनमा बृद्धि गर्नुको विकल्प नभएको उनको भनाई थियो।

अहिले नेपालमा मुख्यतयाः कर भ्याटबाट चल्ने खालको भएको भन्दै उनले आयात गर्ने र करमा भारी बृद्धि गर्ने अनि आर्थिक रुपमा सबल भएको ठहर गर्ने प्रयास भएको आरोप डा. भट्टराईले लगाएका हुुन्  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org