ताजा समाचार

सर्लाहीमा मारिएका विप्लवका नेताबारे संसदमा गृहमन्त्रीको धारणा माग

काठमाडाैं । सांसद शिव कुमार मण्डलले विप्लवका कार्यकर्तालाई भीडन्तमा मारिएको भन्दै निशस्त्र व्यक्तिलाई मार्ने राज्यको चरित्रका कारण राष्ट्रलाई क्षति पुग्ने वताएका छन् । 

सर्लाहीको लालबन्दीमा प्रहरीले आत्मरक्षाको लागि भन्दै चलाएको गोली लागेर सर्लाही इन्चार्ज कुमार पाैडेलको मृत्यु भएको थियो । 

पूर्व आपूर्तिमन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका नेता मण्डलले राज्यले निशस्त्र नागरिकको हत्या गरेर निष्कर्षमा पुग्न नसकिने भन्दै विप्लव नेतृत्वको नेकपा समेत राजनीतिक दल भएकाले वार्ता र संवादबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । 

यस्तै, उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को धाारणा समेत माग गरेका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org