ताजा समाचार

कुमार पाैडेलको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले छानविन थाल्यो

काठमाडौं । सर्लाहीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भनिएको भीडन्तमा मारिएका कुमार पाैडेलबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ ।

प्रहरीले दोहोरो भीडन्तमा सर्लाही इन्चार्ज पाैडेलको मृत्यु भएको दावी गर्दै आएको छ । तर, यसवारे सत्यतथ्य छानविन गर्न मानव अधिकार आयोगले तयारी थालेको हो ।

आयोगले घटनाबारे अनुसन्धान गर्न केन्द्रीयकार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको छ । टोलीले तत्कालै आयोगमा प्रतिवेदन पेश गर्नेछ ।

यसका साथै यो विषयले संसदमा समेत प्रवेश गरेको छ । भने, गृहमन्त्रीको धारणा समेत माग गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org