ताजा समाचार

प्रकास सपुतले गलबन्दी गीत कपी गरेको भन्दै शम्भु राईले गरे मुद्धा दायर

काठमाडाैं । चर्चित गीत ‘गलबन्दी’ विरुद्ध प्रतिलिपी अधिकार रजिष्ट्रार कार्यालयमा मुद्धा दायर भएको छ ।

गीतका सर्जक शम्भु राईले आफ्नो देउसी भैलो गीतको कपी गरेर गलबन्दीका गायक तथा सर्जक प्रकाश सपुतले बजारमा ल्याएको भन्दै क्षतिपूर्ति माग दावी गर्दै मुद्धा दायर गरेका हुन् ।

लुम्बिनी भ्वाइससँग कुराकानी गर्दै गायक शम्भु राईले भने, सहमति गराैं भनेर दोश्रो पक्षसँग कुराकानी गरेपनि सहमति हुन नसकेपछि मुद्धा दायर गरेको हुँ ।

गायक राईले आफ्नो गीत‘आऊ नाचौं साथी हो’को कपी गरेर प्रकास सपुतले गलबन्दी गीत सार्वजनिक गरेको भन्दै मुद्धा दायर गरेका हुन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org