ताजा समाचार

मार्भल्स मी डेभाजु क्लबमा आयोजना हुने

काठमाण्डौं । डेजाभु क्लवमा सम्पन्न स्टायल इन्भेजनपछि अब उक्त आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । भग लस्ट इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको यो शो मा हरेक किसिमका व्यक्तीहरुले सहभागीता जनाउन पाउनेछन् ।

यसअघि डेजाभुमा भएको कार्यक्रममा झण्डैं ३ हजार दर्शकको सहभागीता थियो भने ५० जना भन्दा धेरै मोडलले आफ्नो शो देखाएका थिए ।

त्यसअघि यो आयोकले सोन्याज रनवे आयोजना गरेको थियो, उक्त शोमा १ हजार बढि दर्शकको सहभागीता थियो । भग लस्टकी प्रमुख सोन्या गुरुङले भुकम्प पिडितका लागी दुबईमा ‘आबुधाबी क्रुजिङ फर नेपाल अर्थात नेपालका लागी आबुधावीमा क्रुजिङ’ नामक कार्यक्रम आयोजना गरेकी थिइन् । उक्त शो बाट ४ लाख ५० हजार रुपैयाँ तथा २ लाख बढिको समान उठेको थियो । आयोजकले तुरुन्तै नेपालमा आएर भुकम्प पिडितका लागी उक्त सहयोग प्रदान गरेको थियो । भग लस्टकी प्रमुख सोन्या भन्छिन्, ‘मैले गर्ने हरेक कार्यक्रमवाट जे जति कमाउँछु, त्यो आम्दानीबाट केहि रकम समाजसेवामा सहयोग गदै आएकी छु, आगामी कार्यक्रमबाट उठ्ने रकमको केहि प्रतिशत समाजसेवामै खर्च गर्नेछु ।’

के हो मार्भल्स मी ?

मार्भल्स मी नाम गरिएको कार्यक्रममा जस्तोसुकै व्यक्तीले पनि भाग लिन पाउनेछन् । यस्ता किसिमका शो मा धेरै आयोजकले एउटा प्रावधान तोकेको हुन्छ, त्यसभन्दा बाहिरकाले सहभागीत जनाउन पाउँदैनन्, तर यो शो मा हरेक किसिमका मानिसलाई वेलकम गरिनेछ । हरेक व्यक्तीमा एउटा प्रतिभा हुन्छ, सोन्या भन्छिन्, ‘साइजका कारण, उमेरका कारण अथवा विभिन्न समस्याका कारण यस्ता कार्यक्रमबाट टाढा रहनेहरुलाई समेत हामीले विशेष प्राथमिकता राखेका छौं ।’ हाल यो कार्यक्रमका लागी अडिसन भैरहेको छ । आज शनिवार पहिलो अडिसन भयो, अर्को शनिवार फाइनल अडिसन हुनेछ । यो अडिसनमा शो का लागी ५० जना ‘मार्भल्स मी’ का लागि छानिनेछन् । यो कार्यक्रममा विभिन्न देशका नागरिकले सहभागीता जनाउने आयोजकले जनाएको छ । आयोजकले अडिसनपछि फाइनल कार्यक्रम कहिले गर्ने ? भन्ने विषयमा सोच्ने जनाएको छ ।

को हुन् सोन्या ?

नेपालमा रहेर विभिन्न किसिमका फेसन शो आयोजना गर्दै आएकी सोन्या गुरुङ फेसन गुरुको रुपमा चिनिन्छिन् । नेपालका धेरै चर्चित कलाकारहरुको स्टाइलिङ गरिसकेकी सोन्याले आगामी समयमा नेपालभरका प्रमुख शहरमा ‘सोन्या रन वे’ आयोजना गर्ने योजना बनाएकी छिन् । त्यसपछि उनले नेपालीहरुको बाक्लो वस्ती रहेका विभिन्न देशमा पुगेर समेत फेसन शो आयोजना गर्ने ठुलो योजना बनाएकी छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org