ताजा समाचार

प्रकास सपुतको चर्चित गीत गलबन्दी शम्भु राईसँग त के कसैसँग मिल्दैनः सांसद मीन विश्वकर्मा

काठमाडाैं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रकास सपुतले गाएको गीत गलबन्दी कसैसँग नमिल्ने दाबी गरेका छन् ।

सत्तारुढ दल नेकपाका भातृ संगठनका गायक शम्भु राईले अनावश्यक बखेडा झिक्दै कपी गरिएको आरोप लगाएको भन्दै संसदमा विश्वकर्माले प्रश्न उठाएका छन् ।

सामान्य कलाकारले बनाएको गीतमाथि लोक गीतको अर्थ भुलेर कपी राइटको मुद्धा हाल्नु लज्जास्पद रहेको मेत उनले जनाएका छन् ।

शम्भु राई र उनका मतियारहरुले प्रकास सपुतका विरुद्ध सामाजिक संजालको दुरुपयोग गर्दै निरुत्साहित गर्ने र हतोत्साहित पार्न जातियताको तुक्ष गाली गलाैजको सहारा लिएको देखिन्छ । सांसद मीन विश्वकर्माले भने ।

संविधान कानुनको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुनेगरिनिच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तरगत जातिय छुवाछुत भेदभाव कसुर सजाय ऐेन २०६८ अनुसार र संविधानको धारा २४ अन्तरगत उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउने माग गर्दछु अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा उत्रिन बाध्य हुने कुरा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सांसद विश्वकर्माले भने ।

यस्तै, सरकार नै जाति जाति र समुदायबीचमा द्वन्द्ध फैलाउन खोजेको आरिोप लगाउदै रेशम चाैधरी समेत यसैको सिकार भएको जिकिर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org