ताजा समाचार

रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार

रुपन्देही । खाजा खान भन्दै युवती बोलाएर रुपन्देहीमा दई युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो ।

स्थानीय विष्णु थारु नामका युवाले असार २ गते साँझ युवतीलाई खाजा खान भन्दै बोलाएर घर फर्किदै गर्दा अन्य दुई युवालाई बोलार सामूहिक बलात्कार गरेका थिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । पक्राउ परेका ज्ञवालीलाई जबर्जस्ती करणीको आरोपमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

बलात्कार गर्न खोजेपछि त्यहाँबाट भागेकी एक युवतीलाई भने हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले बलात्कार गरेका हुन् । पीडकले घटना बाहिर ल्याए ज्यान मार्ने धम्की दिएपछि घटना ढिलो गरेर बाहिर आएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org