ताजा समाचार

अपहरीत बिपीको आत्माले के भन्दै होला, उनको रक्षा गर मेरो क्षमा पुजा पछि गराैंलाः डा. बाबुराम भट्टराई

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वीपीलाई अपहरण गरिसकेको भन्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले क्षमा पुजा पछि गर्न सुझाएका छन् ।

नेपालि कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले गोरखाको एक कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामलाई जिताएको कांग्रेसले अर्को निर्वाचनमा क्षमा पुजा गर्ने भन्दै अभिवच्यक्ति दिएका थिए ।

यसैको प्रतिउत्तरमा डा. भट्टराईले एक ट्विट गर्दै बिपीलाई राप्रपाले अपहरण गरेको भन्दै अपहरित बिपीको रक्षा गर भन्दै बाबुरामको क्षमा पुजा पछि गराैंला भनेका हुन् ।

बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरु हो, पहिले अपहरीत बिपीको रक्षा त गर बाबुरामको क्षमापुजा पछि गराैंला । हामी साथमा छाृैं भन्दै ट्विट गरेका हुन् ।

राप्रपाले बिपीको मेलमिलापको सिद्धान्तलाई राजनीतिक कार्यदिशाको रुपमा अघि सार्ने भएपछि बाबुरामको यस्तो धारणा सार्वजनिक भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org