ताजा समाचार

अछामका दुई वडा कार्यालयमा आगजनी, एउटा वडामा प्रहरी पुग्नै सकेन !

अछाम । सोमबार राति अछामका दुई वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी भएको छ ।

पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिएका छन् । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयले जनाएका छन् ।

आगलागीबाट पन्चदेवल बिनायक नगरपालिका वडा नं ३ को कार्यालय भित्र रहेका १ थान कम्युटर, प्रिन्टर, दुई थान कुर्सी, टेबुल लगायत कागजातपत्र जलेर नष्ठ भएको छ ।

यस्तै, ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थल पु्न नसकेको जनाइएको छ । गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org