ताजा समाचार

पेट्रोल छर्केर उपमेयरको गाडीमा आगजनी

काठमाडाैं । नवलपुरको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ ।

मोटरसाइकलमा आएका दुईजनाले उपमेयर चढ्ने लु १ झ ३२१ नम्बरको गाडीमा पेट्रोल छर्केर आगजनी गरेर भागेको जनाइएको छ ।

उपमेयर मर्दनियाको निजी निवासमा पार्किङ गरेर राखेको गाडीमा आगलागी भएको हो । आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org