ताजा समाचार

विप्लवको बन्द कै दिन प्रचण्डले चितवनमा गराए सयाैं युवा पार्टी प्रवेश

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चितवनमा ठूलो संख्यामा युवाहरुलाई पार्टी प्रवेश गराएका छन् ।

पूर्वी चितवनका युवाहरुले पार्टी प्रवेश गराउदै प्रचण्डले देशको जिम्मा युवाको काँधमा छाडेर जान इच्छा रहेको दाबी गरेका छन् ।

आज विप्लव नेतृत्व नेकपाको बन्दको दिनमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले विषेश दिनमा पार्टि प्रवेश गर्न लागेकाले समेत यसलाई महत्वपूर्ण रुपमा लिएको जनाएका छन् ।

नेपाली कांग्रेसको युवा संगठन तरुण दलका क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जाेखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरूले नेकपामा प्रवेश गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org