ताजा समाचार

कुनैबेला प्रचण्डका उत्तराधिकारी मानिने विप्लवबारे प्रचण्डले चितवनमा यस्तो भावुक कुरा गरेपछि…

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विप्लव छिट्टै मुलधारको राजनीतिमा आउने दाबी गरेका छन् ।

भरतपुर महानगरपालिकाको चाैथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले आफुलाई नेतृत्वकर्ताको हिसावले विप्लवले घृणा नगर्ने विश्वास लिएको जनाएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि विप्लव र आफूबीच भएको एक मार्मिक संवाद भन्दै विप्लवले आफुलाई ‘कमरेड ! तपाईँले काठमाडौं त ल्याउनुभयो। तर मलाई कस्तो अनुभूति भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लान्छु भनेर बम्बै लगेजस्तो भयो।’ भनेको स्मरण गरे ।

प्रचण्डले विप्वलले गरेको कुराले आफ्नो दिमाग हल्लिएको भन्दै आफुले सबैलाई काठमाडाैं मै ल्याएको र बम्बै नलगेको कुरा उनले बुझ्न थालेको जनाए । यद्यपी प्रचण्डले विप्लवलाई नजिकबाट चिन्नेमध्ये आफु समेत रहेको भन्दै उनलाई मुलधारमा आउन आग्रह समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org