ताजा समाचार

सांसद प्रदीप यादव पार्टीबाट ६ महिनाकालागि निलम्बित, उनी भन्छन्ः यो खवर सुनेर आश्चार्य लाग्यो !

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई पार्टी सदस्यबाट ६ महिनासम्मलाई निलम्बन गरिएको छ ।

लाटभियामा स्वतन्त्र तिब्बत माग गर्दै पक्डधरको कार्यक्रममा सहभागी भएको भन्दै सांसद यादवलाई निलम्बन गरिएको महासचिव प्रकाश अधिकारीले वताएका छन् ।

गएको मेमा लाटभियामा भएको कार्यक्रममा राजपाका सांसद एकवाल मियाँसहित यादव पुगेका थिए । स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा गएको भन्दै चिनियाँ दुतावासले चासो देखाएपछि समाजवादी पार्टीले उनलाई स्पष्ठिकरण सोधेको थियो ।

सांसद यादवले दिएको स्पष्ठिकरण चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको अधिकारीले जनाए । तर, उनको सांसद पदबारे कुने निर्णय नभएको उनले जनाएका छन् ।

यस्तै, सांसद प्रदीप यादवले भने आफू विरगंजमा रहेको र यसबारे आफूलाई कुनै जाकारी नभएको दाबी गरेका छन् ।

न्युज-नेपालसँग कुराकानी गर्दै यादवले भने, मैले यो कुरा सुन्दा आश्चार्य चकित परेको छु । मैले पार्टीलाई माथि लैजान ठूलो योगदान गरेको छु । मेरो पार्टीले यस्तो निर्णय गरेजस्तो लाग्दैन् । फेरि म आज अध्यक्षसँग दिउसो २ घण्टा जति बसेर छलफल समेत गरेको थिए ।

मेरो लाटभिया भ्रमण समेत झुक्याइएको थियो । मलाई स्वतन्त्र तिब्बत पक्षधरवालाको कार्यक्रम हो भन्ने कुनै थाहा नै थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org