ताजा समाचार

सहिद, वेपत्ता र घाइते परिवारका लागि तुलसीपुर उपमहानगरपालिकाले छुट्यायो १५ लाख वजेट

दाङ । तुलसीपुर उपमहानगरपालिकाले सहिद, वेपत्ता र घाइतेहरु र उनीहरुका परिवारलाई विकासको मुलधारमा सहभागी गराउने भन्दै वजेट विनियोजन गरेको छ । 

पूर्व लडाकु, द्वन्द्ध पीडित समेतलाई लक्षित गरेर  १५ लाख वजेट विनियोजन गरिएको मेयर घनश्याम पाण्डेले लुम्बिनी भ्वाइसलाई जानकारी दिए । 

मेयर पाण्डेका अनुसार तुलसीपुर उपमहानगरपालिकामा झण्डै दुई सय परिवार लक्षित परिवार रहेको तर, यसबाट पनि पीडामा रहेका र अति न्युन आय भएकाहरुको जीवनस्तर उकास्नुका साथै उनीहरुलाई रोजगारीदेखि स्वास्थ्य सेवा सम्मका योजनाहरुमा वजेट खर्च गर्ने योजना छ । 

तर, वजेट विनियोजन भएपनि यसबारे कार्यविधि नवनेकाले लाभाम्बित परिवार र कार्यक्रम कसरी अगाडी बढाउने भन्नेबारे भने कार्यविधि तयार भएपछि मात्रै टुङगो लाग्ने मेयर पाण्डेले जनाए । 

स्थानिय तहमा यसरी वजेट विनियोजन भएपछि सहिद, वेपत्ता, घाइते, पूर्व लडाकु र द्वन्द्ध पीडित जनतामा आशा पलाएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org