ताजा समाचार

बन्दको अवज्ञा गरेको भन्दै गाउँपालिका कार्यालयमा विप्लवका कार्यकर्ताद्वारा आगजनी

काठमाडाैं । कालिकोटको नरहरीनाथ गाउँपालिकाको कार्यालयमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगजनी गरेका छन् ।

गाउँपालिकाले बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै उनीहरुले आगजनी गरेका हुन् । उनीहरुले झ्याल फुटाएर पेट्रोल छर्केर आज बिहान गाउँपालिका कार्यालयमा आगजनी गर्दै प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्ष जनाएका हुन् । विहान १ बजे तिर सबै सुतेको अवस्थामा उनीहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताएका छन् । 

तर, आगलागी भएपछि स्थानिय गाउँले र प्रहरी चाैकी कुमालगाँउ प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट कार्यालय भवनमा क्षति हुनुका साथै कागजात समेत जलेर नष्ट भएका छन् । आगलागीमा संलग्नहरुको खोजी भइरहेको र त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । यस्तै , उनीहरुले नरहरिनाथ गाउँपालिकाको ६ र ५ कार्यालयमा समेत आगलागी गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org