ताजा समाचार

उर्जामन्त्री पुनको प्रश्नको ट्वीटरमार्फत चिनियाँ राजदूतको कूटनीतिक जवाफ

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनले मंगलबार चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा चिनियाँ कम्पनीको काम गराइप्रति असन्तुष्टि जनाए ।

गएराति नै चिनियाँ राजदूतले ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ कुटनीतिक रुपमा ट्वीटरमार्फत पनि फर्काएकी छन् । ‘नेपालमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो,’ राजदूत होउले ट्वीट गरेकी छन् ।

उनले तयार भएको तामाकोसीको ड्याम साइट र सुरुङको फोटो राख्दै कुटनीतिक रुपमा चिनियाँ कम्पनीबारे मन्त्रीले गरेको प्रश्नमा जवाफ फर्काएकी हुन् । यहाँ चीनको सिनो हाइड्रो कर्पोरेसन कम्पनीले काम गरिरहेको छ ।

The Biggest Hydropower Project In Nepal Under Construction by Sinohydro Corporation LTD.
नेपालमा निर्माण भइरहेका जलवीद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो आयोजना चीन जलविद्युत संस्थाले गरेको हो । pic.twitter.com/TVgX20gaE5— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 25, 2019

मंगलबारको भेटमा मन्त्री पुनले अन्य देशमा राम्रो काम गर्ने चिनियाँ कम्पनीहरु नेपालमा आएर भने राम्रो कार्यसम्पादन गर्न नचाहेको देखिएको बताएका थिए । ‘चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरिरहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ ?,’ राजदूतसँग मन्त्री पुनले राखेको जिज्ञासा उद्धृत गर्दै मन्त्री पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो ।

राजदूतसँगको भेटमा ऊर्जामन्त्री पुनले नेपालको कारणले काममा ढिलाइ भएको भए संयन्त्र सुधार्ने पनि बताएका थिए ।

जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीको काममा भएको समस्याबारे अध्ययन गरिरहेको बताएकी थिइन् । उनले नेपाल आउने चिनियाँ कम्पनीले भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण लगायतका समस्या भोगिरहेको बताएकी थिइन् ।

चिनियाँ कम्पनीले काम गरिरहेको त्रिशूली थ्री एमा ढिलाइ भइरहेको छ । त्रिशूली थ्री एको पहिलो ३० यूनिटबाट बिजुली उत्पादन सुरु भएपनि दोस्रो यूनिटको काममा नेपाल सरकार सन्तुष्ट छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org