ताजा समाचार

रसुवामा बर्ड फ्लुको संक्रमण भेटियो, चार किल्ला तोकेर संकटग्रस्त क्षेत्र घोषणा

रसुवा । जिल्लाको नाै कुण्ड गाउँपालिका वडा नम्बर ५ को भोर्लेमा बर्ड फ्लु को संक्रमण देखिएपछि त्यस क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

बर्ड फ्लुको संक्रमण देखिएपछि रामकुमार थिङ र बुद्धि बहादुर थिङले पालेका कुखुरा फर्ममा रहेका कुखुरा उच्च निगरानीमा राखिएको प्रमुख जिलला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।

अहिले रहेको कुखुराको खोरलाई केन्द्रबिन्दु मानी कुखुरा फार्मको चारै दिशा (पूर्वमा सेतीमाया तमाङको फार्मसम्म, पश्चिममा बसपार्क सँगैको छहरे खोला, उत्तरमा शेषमान तामाङको घरमाथिको बारीसम्म, दक्षिणमा भीम बहादुर थिङको घरमुनी परिधीसम्म )लाइ संकटग्रस्त क्षेत्र घोषणा गरेर उक्त स्थानमा कुखुरा ओसारपसारमा समेत रोक लगाइएको छ ।

कुखुरामा बर्ड फ्लु चेकजाँच गर्न काठमाडाैंको टेकुमा पठाएपछि बर्ड फ्लुको संक्रमण भएको पुष्टी भएको थियो । कुखुरा पशुपंक्षी रोग अन्वेशण प्रयोशाला त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा वर्डफ्लु रोग HPAT sub type H5 H1 भेटिएको छ । त्यसैले त्यस क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नुका साथै ओसारपसारमा समेत रोक लगाएका हाैं । प्रजिअ भण्डारीले भने ।

यद्यपी यी कुखुरालाई नष्ट गर्नका लागि डा. तुलसीराम गम्पेको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम (Rapid response team) गठन गर्दै ती कुखुरा नष्ट गरिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org