ताजा समाचार

डाक्टरलाई रिस उठेपछि ‘कबीर सिंह’ माथि उजुरी हाले

एजेन्सी । बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबीर सिंह’ को आलोचना पनि भइरहेको छ ।

फिल्म आलोचित हुनुको कारण शाहिद कपूरले निभाएको भूमिका हो । यो फिल्ममा शाहिद कपूरले निभाएको भूमिकाको विरोध साथै तारिफ पनि भएको छ ।

महिलामा हात उठाएको दश्य, चक्कु लिएर कपडा उतार्दै बस्ने दृश्य, जँड्याहा हिरो लगायतका कुरालाई दर्शकले गाली गरेका छन् ।

भारतीय मिडियाका अनुसार मुम्बईका एक डाक्टरले पेशालाई गलत तरिकाले देखाइएको भन्दै यो फिल्मविरुद्ध उजुरी गरेका छन् । प्रहरीकहाँ उजुरी दिँदै डाक्टरले फिल्मको प्रदर्शनमा रोक लगाउन पनि माग गरेका छन् ।

भारतीय मिडियाका अनुसार ती डाक्टरले स्वास्थ्य मन्त्री, सूचना एवम् प्रसारण मन्त्रालय र केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई पनि पत्र लेखेका छन् ।

यो फिल्ममा शाहिद कपूरले रक्सी पिएर अपरेशन गर्दै गरेको देखिन्छ । यद्यपि फिल्मले बक्स अफिसमा फिल्मले झण्डै ८८ करोड कमाइ गरिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org