ताजा समाचार

एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बोलाइयो

काठमाडौं । एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न भन्दै आज दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

परिक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार आज दिउँसो बोर्ड बैठक बसेर निर्णय गरेपछि नतिजा सार्वजनिक हुनेछ । सामान्यतया बोर्ड बैठककको निर्णयबाट नतिजा सार्वजनिक गर्ने प्रचलन रहदै आएको छ ।

अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org