ताजा समाचार

कुटपिटबाट युवकको निधन भएपछि शवसहित प्रदर्शन

सप्तरी । जिल्लाको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी एक युवालाई अपरिचित व्यक्तिले कुट्दा निधन भएको थियो । उनको निधन भएपछि आफन्त र परिवारले सप्तरी सदरमुकाममा प्रदर्शन गरेका छन् ।

मृतक कृष्ण बिराजीलाई राजविराज ७ मा अपरिचित व्यक्तिहरुको समूहले कुटपिट गरेपछि विराटनगरमा उपचारकै क्रममा ज्यान गएको थियो ।

मृतक कृष्णको शव विराटनगरबाट ल्याएर उनका आफन्त र गाउँलेले राजविराजमा प्रदर्शन गरेका हुन् । हत्यारालाई अबिलम्ब पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि कृष्णको शवसहित प्रदर्शन गर्दै यूवाहरुले सप्तरीका एसपी मनोजकुमार यादव र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको राजिनामा माग गरेका छन् ।

मृतकका परिवारजनले हत्यामा संलग्नहरुको नामै किटान गरी प्रहरीमा जाहेरी दिएका छन् । यद्यपी जाहेरी अहिलेसम्म दर्ता नगरी प्रहरीले आलटाल गरिरहेको मृतक परिवारले आरोप लगाउदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org