ताजा समाचार

किमसँग हात मिलाउदै ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर करियाली नेता किम जोङ उनलाई भेटेका छन् ।

सैनिकरहित सीमा क्षेत्रमा किमलाई भेट्दै ट्रम्पले हात मिलाएका छन् । दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै गएका ट्रम्पले उत्तर कोरियाली सीमा क्षेत्रमा पुग्नेर पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यसअघि पदमा रहेको अवस्थामा कुनै पनि अमेरिकी राष्ट्रपति उत्तर कोरियाली सीमा क्षेत्रमा पुगेका थिएनन् ।

उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच सीमा क्षेत्रमा वार्ता भएको यो पहिलो पटक हो ।

भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए। पत्रकार सम्मेलनमा ट्रम्पले आजको भेटघाट ऐतिहासिक घटना भएको बताएका छन्।

दुई वर्षअघि भएको आफ्नो भ्रमणका क्रममा पनि ट्रम्प उत्तर कोरियाको सीमासम्म पुग्न खोजेका थिए। तर चर्को विरोधपछि नो म्यान्स ल्याण्डमा जाने उनको कार्यक्रम रोकिएको थियो ।

उत्तर कोरियाली नेता किमले ट्रम्पलाई आफ्नो सीमामा स्वागत गरेर विश्वमा शान्तिको लागि पहल गर्नु आफ्नो कर्तव्य भएको सन्देश समेत दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org