ताजा समाचार

सर्लाहीमा फेरी प्रहरीको गोलीबाट एकजनाको मृत्यु, दर्जन घाइते !

काठमाडाैँ । खाल्डोमा डुबेर बालकको मृत्युपछि आक्रोशित स्थानीयले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

झडपमा स्थानीय र प्रहरीसहित १ दर्जन घाइते छन् । ४ जना स्थानीयलाई गोली लागेको छ ।

प्रहरीकाे गाेली लागेर २७ वर्षीय केवल महताेकाे मृत्यु भएकाे बताइएकाे छ। स्थानीय श्रीनगर झर्ने बाटोमा गोली चलेको हाे।

शनिबार साँझ ईश्वरपुर नगरपालिकामा पोखरीमा बच्चा डुबेको विषयलाई लिएर सडक आन्दोलन गर्न पुगेका आन्दाेलनकारीमाथि ढुंगामुढा भएकाे र प्रहरीले हवाई फायर गरेको प्रहरीले बताएकाे छ।

करिब १५ राउन्ड जति हवाई फाएर भएकाे र १२ राउन्ड अश्रुग्यास प्रहार भएकाे थियो। घटनामा सशस्त्रका तीन जना प्रहरीसमेत घाइते भएका छन्।

सर्लाही ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमित बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो।

बालकको मृत्युपश्चात् जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा खोलामा अवैध उत्खनन गरेकोेले डुबेर बालकको ज्यान गएको स्थानीयले आराेप लगाएका छन्।

उक्त खाल्डाे गिट्टी बालुवा अवैध उत्खनन् गरी बनाइएकाे भएकाे भन्दै स्थानीय र बालकका आफन्त आक्राेशित भई सडकमा अवराेध गर्न पुगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org