ताजा समाचार

संखुवासभा अपडेटः एकजना युवा प्रहरी नियन्त्रणमा, यस्तो छ त्यस क्षेत्रमा अहिले !

संखुवासभा । सिलिङचोक १ मा भएको प्रहरी-विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भएको फायरिङमा संलग्न भएको आशंकामा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।

काठमाडाैंबाट प्रहरिको टोली पुगेपछि गाँउले त्रसित बनेका छन् । नेकपा संखुवासभा जिल्ला कमिटि सचिवालय सदस्य मंजिल राइले लुम्बिनी भ्वाइससँग भने, एकजना ुयवालाई नियन्त्रणमा लिएको भन्ने छ । प्रहरीले अन्दाजी १६ वर्षका युवा नियन्त्रणमा लिएको छ ।

राईका अनुसार विप्लवका कार्यकर्ताहरु हिजो साँझ नै गाँउमा बसेका थिए । उनीहरुले जनप्रतिनिधिसँग कुराकनी गरेका थिए । झण्डै ३ बजे तिर नै गाँउमा आएका थिए । २५ जनाको टिममा आएका उनीहरुसँग आधुनिक हतियार थिए । गाँउमा बसेर खाना खाएर जंगल तर्फ जाने क्रममा रहेको अवस्थामा प्रहरीले पिछा गरेपछि दोहोरो फायरिङ भएको हो । झण्डै १५/२० राउण्ड फायर भएको आवाज सुनेका हाैं । अहिले उनीहरुको टिम जंगल पसिसकेका छन् । गाँउमा प्रहरीको टोली बाक्लो रुपमा उपस्थित भएको छ । गाँउमा सवैसँग सोधपुछ चलेको छ । उनीहरु जंगलतर्फ गइसकेका छन् ।

लङ रेन्ज पेट्रोलिङ (LRP) को टोलीमाथि २५/३० जनाको समूहमा आएका हतियारधारी समूहले फायर खोलेपछि जवाफी फायर खोलिएको सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले जनाएका छन् ।

नेपाल प्रहरीको ३५ जनाको टोली र सशस्त्र प्रहरीको १५ जना गरेर ५० जनाको टोली घटनास्थलतर्फ पुगिसकेको छ । अहिले LRP टोलीसँग काठमाडाैंबाट गएको टोलीले भेटेको भन्दै अहिले उक्त क्षेत्रमा सर्च अभियान सुरु भएको श्रेष्ठले जनाए ।

नेपाल प्रहरीले पनि प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा ३५ जनाको टोली पठाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।

असार १२ गते नेपाल प्रहरी र सशस्त्रको टोली लङ रेन्ज पेट्रोलिङ अन्तरगत उक्त क्षेत्रमा रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org