ताजा समाचार

शक्तिशाली विस्फोटमा परेर ३४ जनाको मृत्यु, ६४ घाइते

काठमाडौं । कार बम विस्फोटनमा परेर पाकिस्तानमा ३४ जनाको ज्यान गएको छ । भने, ६४ जना घाइते भएका छन् ।

सोमबार बिहान भएको शक्तिशाली बिस्फोटमा पाकिस्तानको राजधानी काबुलमा एउटा बिस्फोटक पदार्थ बोकेको कार बिस्फट भएको थियो । बिस्फोटमा परेर घाइते भएका अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि आक्रमणबारीहरु एक निर्माणाधीन भवनमा छिरेका थिए । सोही स्थानमा सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहानसमेत भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहानपछि पुगेका सुरक्षाकर्मीले घर हेला हालेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

तालिवानीले घटनाको जिम्मेवारी लिँदै अफगान सैनिकलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org