ताजा समाचार

विना पूर्वाधार विदेशीको नक्कल गर्न खोज्दा सरकार अलोकप्रिय बन्दै गयोः नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पापर्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पूर्वसांसद मञ्चले आयोजना गरेको कार्यक्रमम बोल्दै नेता नेपालले पूर्वाधार विनाका योजनाको घोषणा, मनपरि नियुक्ति अवकास लगायतका काम गरेकाले जनतामा असन्तुष्टि बढ्दै गएको जनाएका छन् ।

न्युनतम विकासका सिद्धान्तलाई ख्याल नगरेर सरकारले विदेशीको नक्कल गर्न खोज्दा समस्या उत्पन्न भएको भन्दै नेता नेपालले मुलुकको विकासमा समेत समस्या उत्पन्न भएको दावी गरे ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org