ताजा समाचार

संखुवासाभा दोहोरो फायरिङः विप्लवको पार्टीको दावी, दुई जना कार्यकर्ता ‘बेपत्ता’

काठमाडाैं । संखुवासभाको तिलिचुङ-०१ मा प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको दोहोरो फायरिङमा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको प्रतिबन्धित नेकपाले जनाएको छ ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विषमले विज्ञप्ति जारी गर्दै आफ्ना कार्यर्ताहरु संगठन सुदृढिकरणको अभियानमा रहेको अवस्थामा सरकारले दोहोरो भिडन्तको हल्ला चलाएर ३ वटा हेलिकप्टरबाट फोर्सा परिचालन गर्दै एकहोरो गोली चलाएको जनाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘यहि २०७६ आषाढ १६ गते सोमबारका दिन हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी हाम्रो अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ ।

तर, प्रहरी उच्च स्रोतका अनुसार विप्लवका कार्यकर्ताले अत्याधुनिक हतियारबाट फायरिङ गरेपछि हेलिकप्टरबाट थपफओर्स मगाइएको जनाइएको छ । दोहोरो गोली हानाहानमा विप्लवका एक कार्यकर्ताको खुट्टामा गोली लागेपछि आैषधि किन्न पसल आएपनि पहेलिकप्टर आएको थाहा पाएपछि उनी समेत जंगल भागेर सम्पर्कमा पुगेको दावी छ ।

यद्यपी प्रहरीले विप्लवका कार्यकर्ताले गोली चलाएपछि फायर गरेको जनाउदे आएको छ भने विप्लवको पार्टीले प्रहरी दमनमा उत्रेको भन्दै हत्यामा संलगन भएको भन्दै आएको छ ।

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ता तीर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको मृत्यु भएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org