ताजा समाचार

१२ हजारले एपीएस पास गरे पनि कोरियाले साढे सात हजार कामदार मात्रै लैजाने

काठमाडौं । पछिल्लो समय दक्षिण कोरिया नेपाली कामदारका लागि आकर्षक श्रम गन्तब्यको रुपमा रहदै आएको च । तर, यसपटक कोरियाले इपिएस पास गरेका १२ हजार ९ जनाबाट ६ हजार ७ सयलाई मात्रै कोरिया लैजाने भएको छ ।

कोरियाको मानव शंसाधन केन्द्रका अनुसार कोरियाले ६ हजार ७ सय कामदारको मात्र रोष्टर दर्ता गर्ने जानकारी दिएको इपीएस शाखाले जनाएको छ ।

एपीएस पास गरेकाहरुको सीप परिक्षण भदाै ४ देखि १८ गतेसम्म हुँदैछ । एपीएस पास गरेका परिक्षार्थिलाई यहि २० गते देखि २९ गतेसम्म रजिष्ट्रेसन फारम भरिसक्न शाखाले सुचना जारी गरेको छ ।

इपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा सहभागी भई अनिवार्य पास हुनुपर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org