ताजा समाचार

बिग मर्जर: ग्लोबल र जनता बैंक मर्जरमा जाने, दुई अध्यक्षले गरे सहमती पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर शुरु भएको छ ।

शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। ८५ प्रतिशत स्वाप रेसियोमा जान तयार भएका हुन्।

दुई बैंकको मर्जरपछि पनि नाम भने ग्‍लोबल आइएमई नै रहेने बताइएको छ। ग्‍लोबल आइएमई बैंकले यसअघि आधा दर्जन बढी संस्थालाई गाभेको आठ अर्ब चुक्‍तापुँजी वृद्धि गरेको थियो।

बिहीबार मात्रै राष्ट्र बैंकमा सातवटा बैंकले मर्जरमा जान तयार रहेको प्रतिबद्धता जनाएका थिए। यसअघि, ९ असारमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पार्टनर खोजेर आउनका लागि बैंकहरूलाई आग्रह गरेका थिए। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरू मर्जरका लागि दबाब दिने तयारी गरेको छ। आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आगामी साता सार्वजनिक गर्ने तयारी गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org