ताजा समाचार

प्रदेश १ को बजेट बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट बहुमतले पारित भएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (माैसम)ले आगामी बर्षका लागि ४२ अर्ब २० करोडको बजेट प्रस्तुत गरेका थिए । यस्तै, चालूतर्फ १८ अबै ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८ करोड विनियोजन गरिएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन भएको छ।

प्रदेश सरकारले ल्याएको बजेट बहुमतबाट पारित भएपछि संचारक्रमीसँग प्रतिक्रिया दिदै मन्त्री आङ्बोले जनताको अधिकार रक्षा गर्दै आर्थिक संबृद्धि हासिल गर्ने यात्रामा सरकार दृढ भएको दावी गरे । प्रदेशको बजेट आएको छ । यसले प्रदेशको आन्तरिक विकासमा ठूलो टेवा पुर्याउनेछ ।

यद्यपी मन्त्री आङ्बोले गोगी बस्ने कुटि नभएको भन्दै हिजोको जिविस जस्तो नभएको टिप्पणी गरे । बजेटमा केहि कमजोरी होलान तर यहाँ उठेका जस्ताट कुराहरु यसमा पर्दैनन्, मन्त्री आङ्बोले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org