ताजा समाचार

लोकतन्त्र रक्षाका लागि गोली चल्दा कुमार पाैडेलको मृत्यु भयोः गृहमन्त्री

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पाैडेल मृत्यु प्रकरणबारे गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको रक्षा गर्दा प्रहरीको गोलीले उनको मृत्यु भएको जनाएका छन् ।

५ असारमा पाैडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । तर, यसबारे सदनमा आवाज उठेपछि गृहमन्त्री बादलले जवाफ दिएका हुन् । प्रहरीले दोहोरो गोली हानाहानमा पाैडेलको मृत्यु भएको दाबी गरेपनि सत्तारुढ दल नेकपा भित्रै व्यापक आलोचना भइरहेको छ । पूर्व गृहमन्त्री समेत रहेका नेकपा नेता जनार।दन शर्मा ‘प्रभाकर’ले हत्या भएको भन्दै जनताको रिपोर्ट आफूसँग भएको वताएका थिए ।

पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।

लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले बताए ।

गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए ।

पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए ।

तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे ।

जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् । तर, जनताको लोकतान्त्रिक अधिकारलाई हनन गर्दै जनप्रतिनिधिमाथि चन्दा मागेर आतंक फैलाएको भन्दै गृहमन्त्री बादलले पाैडेलको मृत्यु लोकतन्त्र रक्षाका लागि नै भएको दावी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org