ताजा समाचार

नेचिसंघले पठायो प्रधानमन्त्रीका लागि विषादीयुक्त तरकारी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त तरकारी पठाएको छ ।

सांकेतिक रुपमा विरोध प्रदर्शन गर्ने क्रममा नेविसंघले प्रधानमन्त्री ओलीलाई तरकारी पठाएको हो । सरकारले भारतीय नाकामा विषादीयुक्त तरकारी चेक जाँच गर्ने भन्दै केहि दिन तरकारी रोकेको थियो तर, भारतीय दुतावासको दवावका कारण फिर्ता लिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

विद्यार्थीहरुले काँक्रो, फर्सि, कुभिन्डो, काउली बोकेर प्रदर्शन गरेका थिए ।

नेपाल–भारत सीमा नाकामा भारत तथा तेस्रो मुलुकबाट आयत गरिएको तरकारी तथा फलफुल परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि देशका बिभिन्न भागमा प्रदर्शन गरेका हुन् ।

नेवि संघका निबर्तमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेलको अगुवाइमा आरआर क्याम्पस, ल क्याम्पस, बाल्मिकी क्याम्पसलगातका विद्यार्थीहरु फलफुल र तरकारी बोकेर सडकमा निस्किएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org