ताजा समाचार

मेयर द्वारीकालालले चलाए आफ्नै घरमा डोजर

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकालाल चाैधरीले आफ्नै घरमा डोजर चलाएका छन् ।

मेयर चाैधरीको घरको पर्खाल सडकमा परेपछि उनले आफ्नै घरमा डोजर चलाएका हुन् । केहि समय पहिले मेयर चाैधरीले आफ्नो घरमा पुगेपछि त्यस आसपास क्षेत्रमा डोजर नचालाएको भन्दे विरोध भएको थियो ।

घरको पर्खाल सडकमा परेपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाएका छन् ।

इटहरी-१७ स्थित पूर्व पश्चिम राजमार्गमा रहेको उनको घरको पर्खाल सडकमा परेको भनेर सामाजिक सञ्जालमा आलोचना भए पछि मंगलबार उनले डोजर लगाएर भत्काएका हुन् ।

आफ्नै घरको पर्खाल भत्काएर मेयर चाैधरीले जनताकासामू सबै कानुनको नजरमा बराबर रहेको भन्ने कुरा स्थापित गराउन खोजेका छन् ।

पत्रकारको नाकको डाँडी भाँच्छु भन्दै चर्चामा आएका मेयर चाैधरी सत्तारुढ दल नेकपाका नेता समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org