ताजा समाचार

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जनाको मृत्यु

काठमाडौं । भोजपुरमा प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच भएको गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ ।

भोजपुर सदरमुकामको हटिया लाइनमा भएको गोली हानाहानमा विप्लवका एक कार्यकर्ता र प्रहरी जवानको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले जनाए ।

मृत्यु हुनेमा घुमुवा प्रहरी जवान संजिव राई र विप्लवका कार्यकर्ता नीर कुमार राई रहेको खतिवडाले जनाए । मृतकको शव अहिले भोजपुर जिल्ला अस्पतालमा राखिएको छ । भने, अर्का प्रहरी सोम भट्टराई घाइते भएका छन् ।

बुधबार बिहान ९ बजे तिर भएको गोली हानाहान भएको थियो । मृतक प्रहरी जवान राई खोटाङ जिल्लाका हुन् । विप्लवका कार्यकर्ता राई भोजपुर इन्चार्ज रहेको जनाइएको छ ।

घटनास्थलबाट एक थान चाइनिज पेस्तोल र चार राउण्ड गोली बरामद भएको छ । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षातका कारण अनुसन्धानमा समेत कठिनाई आएको भोजपुर प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org