ताजा समाचार

कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

कञ्चनपुर । भीमदत्त नगरपालिका स्थित एक निजी विद्यालयका विद्यार्थीको शिक्षकको कुटाईबाट निधन भएको छ ।

महाकाली बाल विद्यालयका छात्र माधव कलाैनीको गएराती उपचारको क्रममा मृत्यु भएको हो । मृतक कलाैनीका आफन्तका अनुसार भारतको राममूर्ती अस्पतालमा मृत्यु भएको हो ।

नेपालका डडेल्धुरा उपक्षेत्रिय अस्पताल, महाकाली अस्पताल, सेती अस्पताल, नेपालगञ्जको शिक्षण अस्पतालमा समेत उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि भारत लगिएको जनाइएको छ ।

विद्यालय बाहिर कलाैनीले झगडा गरेको विषयलाई लिएर विद्यालयका प्राध्यापक यशोदा जोशीसहित शिक्षकको टोलीले कुटपीट गरेको परिवारले आरोप लगाउदै आएका छन् ।

उनको मृत्यु पश्चात प्रहरीले प्रधानाध्यापक जोशी, शिक्षकहरु दुर्गादत्त भट्ट, लक्ष्मण भट्ट र हर्क जाग्रिलाई प्रहरीले घटना सोधपुछका लागि नियन्त्रणमा लिएको छ । कुटपिटबाट कलाैनीको टाउको, छातीमा चोट लागेको थियो भने दाँया खुट्टा भाँचिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org