ताजा समाचार

रेखा थापाका पूर्वपति छविराज ओझा विरुद्ध पत्नी शिल्पा पोखरेलले दिइन घरेलु हिंसाको उजुरी

काठमाडाैं । चर्चित फिल्म निर्माता छवीराज ओझा विरुद्ध आफ्नै पत्नी शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दर्ता गराएकी छन् ।

शिल्पाले पति ओझाका विरुद्ध काठमाडाैम प्रहरी परिसरमा तीन दिन पहिले घरेलु हिंसामा परेको भन्दै उजुरी दिएको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जनाएका छन् ।

उजुरीपछि दुबैजनालाई आज दिउसो प्रहरपरिसरमा छलफलका लागि बोलाइएको छ । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि ओझाले शिल्पासँग बिहे गरेका थिए । तर, दुबैजनाले केहि समय बिहे गरेको कुरा स्विकार गरेका थिएनन् । यद्यपी उनीहरुले गतवर्ष भने बिहे गरेको कुरा स्विकार गरेका थिए ।

पोखरेलले ओझाको ब्यानरमा बनेका चलचित्र मंगलम्, हवल्दार सुन्तली र लज्जामा अभिनय गरेकी छन् । पोखरेलले लज्जाबाट ओझाको ब्यानरमा इन्ट्रि गरेकी थिइन । भने उनी त्यसभन्दा पहिले म्युजिक भिडियोमा अभिनय गर्दै आएकी थिइन् ।

घरेलु हिंसाको कारणमा उजुरी दिएपनि पोखरेलले पछिल्लो समय ओझासँ डिभोर्स मागेको जनाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org