प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाइने
काठमाडाैं । प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई पठाइने भएको छ ।
नेपाल प्रहरीलाई प्रादेशिक संरचनामा लैजान भन्दै आज बसेको राज्य व्यवस्था सुशासन समितिले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा डिआइजीलाई पठाउने सहमति गरेको समितिका सदस्य झपटबहादुर रावलले जनाए ।
नेकपाका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने प्रस्ताव राखेका थिए । तर, आज बसेको समितिको बेठकले भने डिआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने निर्णय गरेको हो ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेर जाने प्रहरीले प्रदेश प्रहरीकै पोसाक र दर्ज्यानी चिन्ह लगाउने वा के गर्ने भन्नेबारे समेत छलफल भइरहेको रावलले जनाए । भने, प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रहरीको सेवा सुविधा, पोसाक, दर्ज्यानी चिन्ह संघीय ऐन मातहत रहेर बन्ने प्रदेस प्रहरी कानुन अनुसार हुनेछ ।
Comments
अरु समाचार
-
एनआरएन चीनले महाबाणिज्यदुत पुडासैनीलाई ग्वान्जाैमा गर्यो भव्य स्वागत
चीन । गैरआवासीय नेपाल संघ (एनआरएनए) चीनले ग्वान्जाैस्थित नेपाली महाबाणिज्यदुतावासका नवनियुक्त महाबाणिज्यदुत हरिशरण पुडासैनीलाई भव्य स्वागत गर्नुकासाथै रात्री भोजको आयोजना...
-
प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि सोमबारदेखि छलफल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टी...
-
सोलुखुम्बुमा हिमपात (फोटो सहित)
सोलुखुम्बु । सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हिमपातका कारण जनजीवन प्रभाबित भएको छ । ...
-
दिउँसो १ बजे धुम्वाराहीमा नेकपा सचिवालय बैठक बस्दै
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य स्थितिमा तीब्र सुधार भइरहेको जानकारी गराएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा...
-
सिन्धुपाल्चोक बस दुर्घटनाः १३ को मृत्यु, १८ घाइते
काठमाडौं । कालिन्चोक मन्दिर दर्शन गरेर फर्कदै सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाको कालिन्चोकबाट...
-
अण्डा पार्ने कुखुराहरुको कल्याण अभियान अझै व्यापक हुनुपर्ने खाँचो
काठमाडौं । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त जारी अभियानको प्रभाव सकारात्मक तरिकाले अगाडि बढिरहेकोले यसको अझै व्यापकता हुनुपर्ने राजधानीमा...
-
चन्द्रागिरिमा पर्यो हिउँ
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार बिहान हिउँ परेको छ । बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो...
-
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ...
-
गाैरिकाले ५९ लाख पाउने, मण्डेकाजी, आयशा र सुवासले कति ?
काठमाडाैं । १३ औं सागको पाैडीमा चार स्वर्ण जितेकी गाैरिका सिंहले ५९ लाख पाउने भएकी छन् । बुधबार पक विजेता...