ताजा समाचार

विप्लव नेकपाले भन्योः प्रहरीसँगको जम्काभेटमा आत्मरक्षाका लागि प्रतिरोध गर्दा प्रशान्तको मृत्यु

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेकपाले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ ।

आज (बिहीबार) सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा निरकुमार राई (प्रशान्त) को शाहदत भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान भएको भिडन्तमा प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

विज्ञप्तिमा ७ जेठमा भोजपुरको टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक सञ्जिव भएको दाबी गरिएको छ ।

उनको टोलीसँग समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा जम्काभेट भएको उल्लेख छ ।

विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org