ताजा समाचार

पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, विराटनगर रौतहट लगाएत तराईका विभिन्न भाग डुवानमा

रौतहट । गएरातिदेखी आएको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बिहिवारदेखी आएको वर्षाका कारण रौतहट, मोरङ लगाएतका क्षेत्रका मानिस प्रभावित बनेका हुन् । यस्तै रौतहटमा आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ भने, लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेकाे छ ।

यसैबीच, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org