ताजा समाचार

स्कुल बसमाथि रुख ढल्दा दुई विद्यार्थी घाइते (फोटो)

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाकोअनिरुद्र माध्यामिक विद्यालयको स्कुल बसमा गुडिरहेको अवस्थामा रुख ढलेपछि दुई विद्यार्थी घाइते भएका छन् ।

सिमलफाटा भन्ने ठाँउमा विद्यार्थी छाड्न गइरहेको बेला रुख गुडिरहेको बसमाथि ढलेको थियो । रुख वसमा बज्जारिएपछि कक्षा ७ मा पढ्ने सुशांक जोशी र कक्षा ५ मा पढ्ने प्रशान्त भाट सामान्य घाइते भएका हुन् । दुवै विद्यार्थीको स्थानिय क्लिनिकमा उपचार भइरहेको भन्दै नगरपालिका मेयर दिलबहादुर ऐरले जना । यसका सातै उनले भने विद्यार्थीको उपचार खर्च समेत नगरपालिकाले नै गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org