ताजा समाचार

अविरल वर्षापछि देशभर ३४ जनाको मृत्यु, १६ बेपत्ता ११ घाइते

काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार बेलुकासम्म ३४ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ।

मृत्यु

बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

उद्धार

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बेपत्ता

बाढी पहिरोमा परी अहिलेसम्म १६ जना बेपत्ता भएका छन्। सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १/१ जना गरी १६ जना वेपत्ता भएका हुन्। वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org