ताजा समाचार

बनारसको गंगा नदीमा डुंगामा सयर गर्दै सी-मोदी शिखर वार्ता हुने

काठमाडाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने भएको छ ।

भारतीय पत्रिका द हिन्दुका अनुसार आगामी अक्टोबर १२ मा सी र मोदीबीच दोश्रो तर अनाैपचारिक शिखर भेटवार्ता हुने भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र वनारसमा भेटवार्ता हुने भएको दाबी गर्दै द हिन्दुले जनाएको छ । द हिन्दुका अनुसार बनारसमा सी र मोदीले गंगा नदीमा डुंगा सयर गर्नेछन् । तर अन्य कार्यक्रम भने सार्वजनिक गरिएको छैन् । शिखर वार्ताका लागि भारतीय विदेशमन्त्री एस जयसंकर अर्को महिना वेइजिङ जाने भएका छन् ।

गत महिना काजगस्तानको विस्केकमा भएको सांघाई कोअपरेशन अर्गनाइजेसनको शिखर सम्मेलनका क्रममा मोदी र सीबीच साइडलाइन वार्ता भएको थियो। सोही भेटमा दुई नेताबीच भारत र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा अनौपचारिक शिखर वार्ता गर्न कुरा भएको थियो।

गत वर्ष सी र मोदीबीच चीनको हुवेई प्रान्तको राजधानी वुहानमा अनौपचारिक शिखर वार्ता भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org