ताजा समाचार

बाढी पहिरोका कारण ६० जनाको मृत्यु, २६ बेपत्ता झण्डै १५ सयको उद्धार

काठमाडाैं । केहि दिनदेखि आएको अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर ६० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो दिएको जानकारी अनुसार बाढी पहिरोमा परेर २४ महिला र ३६ पुरुषको ज्यान गएको हो ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिराेबाट ३८ जना घाइते भएका छन् । घाइते १७ महिला र २१ पुरुषाकाे सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यी घटनामा २६ जना अझै बेपत्ता भएका छन्। बेपत्ता रहेका १२ महिला र १४ पुरुषकाे खाेजी जारी रहेकाे जनाइएकाे छ ।

भने अहिलसम्म १ हजार ४ सय ४४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org