ताजा समाचार

कुलेखानीको ड्याम भरिन लाग्यो, ८ बजे खोलिने

काठमाडाैं । मकवानपुरमा रहेको कुलेखानी पावर हाउस (इन्द्रसरोवर)को ष्याम भरिन लागेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार ड्याम भरिन लागेको हो । कुलेखानी ड्यामको क्षमता १५३० मिटर रहेको तर अहिले पानीको सतह १५२६ मिटर पुगिसकेको छ ।

प्रतिघण्टा १ मिटरका दरले ड्याममा पानी भरिन थालेपछि ड्याम खोलिने भएको हो । कुलेखानी आसपासका स्थानियलाई सुरक्षित स्थानमा रहन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

कुलेखानी ड्याम खोलेपछि कुलेखानी, सिस्नेरी, बेसि इपा, धुसेल बेसी, माल्टाबेसी हुँदै बाग्मति किनारसम्म असर पुग्नसक्ने जनाइएको छ ।

कुलेखानी आसपासमा पानी कम परेपनि थाहा नगरपालिका र दामन क्षेत्रमा पानी बाक्लो परिरहेकाले ड्याम भरिन थालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org