ताजा समाचार

शिक्षा मन्त्रीको फेसबुक मोहः पेजमा लाइक बटुल्न डलर तिरेर बुस्ट, कसरी ल्याउला सरकारले करको दायरामा ?

काठमाडाैं । सरकारले फेसबुक, ट्विटर जस्ता अन्य सामाजिक संजाललाई करको दायरामा ल्याउने भन्दै करको दायरामा नआए प्रतिबन्ध लगाउने भन्दै भनिरहेको अवस्थामा सरकारका मन्त्रीहरुको फेसबुक मोह भने चाख लाग्दो देखिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले आफ्नो फेसबुक पेज बुस्ट गराएका छन् ।

फेसबुक पछिल्लो समयको चर्चित एवं विवादीत डिजिटल प्लेटफर्मको रुपमा स्थापित भइसकेको छ । तर, मन्त्री पोखरेलले आफ्नो पेजमा लाइक बढाउन पेज बुस्ट गराएका हुन् ।

फेसबुक पेजमा धेरै लाइक बटुल्ने हुटहुटीका कारण मन्त्री पोखरेलले फेसबुकलाई पैसा तिरेर बुस्ट गराएका हुन् । फेसबुकले नेपाली बैंकका कुनै कार्ड या बैंक खाताबाट पैसा लिदैन । अन्तराष्ट्रिय मुलुकका विभिन्न क्रेडित तथा डेबिट कार्डबाट पैसा लिने गरेको फेसबुकले पैसा तिरेर पेज बुस्ट गराएपछि आम मानिसको फिडमा उनको पेजलाई पुर्याइदिन्छ ।

फेसबुकले नेपाली १ रुपैयाँ वरावर १ लाइक दिने भनेर भनेपनि कतिपय अवस्थामा त्यो समेत नदिएर ठगिरहेको हुन्छ ।

७७ हजार ५ सय ४५ पेज लाइक भइसकेको छ मन्त्री पोखरेलको । उनले यहि असार ९ गते पेजलाई बुस्ट गराएका हुन् ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’ भन्ने नारासहित मन्त्री पोखरेलले पेजलाई बुस्ट गराएका छन् ।

फेसबुकले पेज बुस्ट गराउदा कुन देश, कहाँ, कति समेर समूह, लिङ्ग समेत छुट्याएर बुस्ट गराउन मिल्ने व्यवस्था गरेको हुन्छ ।

यद्यपी मन्त्री पोखरेलले कति दिनकालागि कति बजेट बरावर बुस्ट गराएका हुन भन्ने कुरा भने फेसबुकले देखाउदैन । यसरी सरकारका मन्त्रीले समेत पेजलाई बुस्ट गराएर बजेट सक्काउनु र करको दायरामा ल्याएरै छाड्छाै भन्नू कति उत्तम होला खै ?

हेर्नुहोस् उनको बुस्ट पोस्टः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org