ताजा समाचार

बाढी पहिरोमा ६५ जनाको मृत्यु, ३० जना अझैं भेटिएनन्

काठमाडाैं । अविरल वर्षाका कारण ६५ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म २४ महिला ४१ पुरुष गरेर ६५ जनाको मृत्यु भएको हो ।

आज बिहान ७ बजेसम्मको अपडेट दिदै प्रहरी प्रधान कार्यालयले ३० जना अझैं बेपत्ता रहेका छन् । जसमा १७ महिला र २१ पुरुष रहेका छन् ।

यस्तै, ३८ जना घाइते भएका छन् । जसमा १२ महिला र १८ पुरुष रहेका छन् । भने १४ सय ४६ जनाको उद्धार गरिएको जनाइएको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । सयौं वस्ती डुबानमा परेका छन् । पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । सडकहरु भत्किएर यातायात आवागमन पनि प्रभावित भएको छ । १४ जिल्लाका सडकहरुमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org